Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘वर्षौंसम्म चल्ने युक्रेन युद्धलाई सहयोग गर्न तयार हुनुपर्छ’


    आइतबार, असार ५ २०७९
    830
    Shares
  • १ मिनेट पाठ
  • मस्को–पश्चिम देशहरू युक्रेनलाई वर्षौंसम्म चल्ने युद्धमा सहयोग जारी राख्न तयार हुनुपर्ने नेटोका प्रमुखले चेतावनी दिएका छन् । महासचिव जेन्स स्टोल्टनबर्गले युद्धको लागत उच्च रहेको तर मस्कोलाई आफ्नो सैन्य लक्ष्य हासिल गर्न दिनुको मूल्य अझ ठूलो भएको बताए ।

    बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दीर्धकालीन युद्धका लागि तयार हुनुपर्ने बताइरहेका बेला नेटो प्रमुखको भनाइ सार्वजनिक भएको हो । युक्रेनलाई बढी हतियार उपलब्ध गराएमा युक्रेनका लागि जित हुने जोनसन र स्टोल्टनबर्ग दुबैले बताएका छन् । 

    ‘युद्ध  लाग्न सक्ने तथ्यका लागि तया हुनुपर्छ । हामीले युक्रेनलाई समर्थन गर्न छोड्नु हुँदैन’ नेटो प्रमुखले जर्मन पत्रिका बिल्डसँगको एक अन्तर्वार्तामा भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार