Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पहिरोको कारण आज यी सडक छन् अवरुद्ध


    आइतबार, असार ५ २०७९
    895
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। सिन्धुली, लमजुङ र तनहुँको विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएका छन् । 

    सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ अक्करे भिरस्थित सडकमा शनिबार राति पहिरो जाँदा सडक अवरोध भएको छ । 

    सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट हैवारबेशीबाट खटिएको प्रहरी टोलीले सडक खुलाउने आवश्यक पहल गरिरहेको छ । 

    लमजुङको बेशिसहर नगरपालिका–१ उदिपुरस्थित सडकमा आइतबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ । 

    अस्थाई प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । 

    तनहुँको भानु नगरपालिका–८ बलिफाँटस्थित सडक वर्षाको कारण आइतबार बिहान भासिँदा  सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको  छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार