काठमाडौं । प्रहरी महानिरीक्षकबिरुद्ध परेको रिटको सुनुवाइ हुँदैछ । गएको जेठ ३० गते हेर्दाहेर्दैमा राखिएको उक्त रिटको सुनुवाई आज पनि हुँदैछ । हेर्दाहेर्दैमा रखिएको उक्त रिटको सुनुवाइ आज सुरुमै हुने भएको छ । सर्वोच्च अदालतले निकालेको कजलिष्टमा पनि उक्त मुद्दा पहिलो नम्बरमै छ ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले हेर्दाहेर्दैमा राखेको उक्त रिटको फैसला संभवतः आजै हुनेछ । र, आइजीपी नियुक्तिको मुद्दाको टुंगो लाग्नेछ । स्थानीय तह निर्वाचन एकै चरणमा सम्पन्न गराएकाले धिरजप्रताप सिंहको कार्यक्षमता उत्कृष्ट नै देखिएको र नियुक्ति गरेको डेढ महिना बितिसकेको अवस्थामा सरकारको निर्णय बदर नहुने कुरामा आइजीपी ढुक्कजस्तै छन् । अर्कोतिर १६ महिना बरिष्ठ भएकाले आफ्नै पक्षमा फैसला आउने कुरामा पोखरेल पनि आशावादी देखिएका छन् ।
प्रहरी महानिरीक्षक(आइजीपी)मा धिरजप्रताप सिंहलाई नियुक्ति गर्ने सरकारको २०७९ बैशाख १८ को निर्णयबिरुद्ध एआइजी बिश्वराज पोखरेलले बैशाख २२ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । पोखरेलले ज्येष्ठताका आधारमा आफूलाई नियुक्ति नगरी कनिष्ट एआइजीलाई आइजीपी बनाएकाले उक्त निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका थिए ।