Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना भाइरस : पाकिस्तानमा २ को मृत्यु, ३०७ संक्रमित

    बिहिबार, चैत्र ६ २०७६
    650
    Shares
  • २ मिनेट पाठ
  • एजेन्सी, ५ चैत । कोरोना भाइरस (कोभिड–१९)बाट पाकिस्तानमा दुई जनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तरपश्चिमी खिबेर पखटुंख्वा प्रान्तको पेशावरमा र मार्डन जिल्लामा १र१ जनाको ज्यान गएको हो ।

    बुधबार पाकिस्तानमा नयाँ संक्रमितको संख्या पनि ६० पुगेको थियो । यससँगै मुलुकमा समग्र संक्रमितको संख्या ३०७ पुगेको छ । सिन्ध प्रान्तमा मात्र २०८ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।

    ज्यान गुमाउनेमध्ये एक भर्खरै साउदी अरेबियाको भ्रमणबाट फर्केका थिए । अहिले उनको परिवारमा पनि यो भाइरसको परीक्षण गरिएको छ । पेशावरमा ज्यान गुमाउने नागरिक भने दुबईको भ्रमणबाट फर्किएको बताइएको छ ।

    नयाँ संक्रमितमध्ये धेरैजसो मानिस इरानको भ्रमणबाट फर्केका मानिसहरू छन् । मंगलबार प्रधानमन्त्री इमरान खानले मानिसहरू आफैं जिम्मेवार नहुने हो भने यसले मुलुकभर महामारीको रूप लिन सक्ने चेतावनी दिएका थिए ।२ जनाको ज्यान गएको छ । पाकिस्तानको उत्तरपश्चिमी खिबेर पखटुंख्वा प्रान्तको पेशावरमा र मार्डन जिल्लामा १र१ जनाको ज्यान गएको हो ।

    ज्यान गुमाउनेमध्ये एक भर्खरै साउदी अरेबियाको भ्रमणबाट फर्केका थिए । अहिले उनको परिवारमा पनि यो भाइरसको परीक्षण गरिएको छ । पेशावरमा ज्यान गुमाउने नागरिक भने दुबईको भ्रमणबाट फर्किएको बताइएको छ ।

    बुधबार पाकिस्तानमा नयाँ संक्रमितको संख्या पनि ६० पुगेको थियो । यससँगै मुलुकमा समग्र संक्रमितको संख्या ३०७ पुगेको छ । सिन्ध प्रान्तमा मात्र २०८ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।

    नयाँ संक्रमितमध्ये धेरैजसो मानिस इरानको भ्रमणबाट फर्केका मानिसहरू छन् । मंगलबार प्रधानमन्त्री इमरान खानले मानिसहरू आफैं जिम्मेवार नहुने हो भने यसले मुलुकभर महामारीको रूप लिन सक्ने चेतावनी दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार