Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिइने


    बिहिबार, असार २ २०७९
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।नेकपा (एमाले) बाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई प्रशिक्षण दिइने भएको छ ।

    गत ३० वैशाखमा चुनावमा आफ्नो पार्टीबाट जितेकामध्ये पालिका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षलाई एमालेले प्रशिक्षण तथा अभिमुखीकरण दिन लागेको हो ।

    एमाले सचिवालय बैठकको निर्णय अनुसार आज र शुक्रबार जनप्रतिनिधिलाई प्रशिक्षण दिइनेछ ।

    आज बिहान ११ बजे भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभा गृहमा प्रशिक्षण कार्यक्रमको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

    एमाले स्कुल विभागले जनप्रतिनिधिलाई प्रशिक्षण दिने छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार