Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १५ सय भन्दा बढीले गंगा दशहरामा लाग्ने गोसाइँकुण्ड मेला भरे


    शुक्रबार, जेष्ठ २७ २०७९
    830
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रसुवा । गंगादशहराको अवसरमा लागेको गोसाइँकुण्ड मेलामा एक ५०० भन्दा बढी तिर्थयात्रीले मेला भरेका छन् । ज्येष्ठ शुक्लठ प्रतिपदादेखि  दशमीसम्म लागेको गोसाइँकुण्ड मेलामा एक हजार ५०० भन्दा बढीले मेला भरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

    यो वर्ष गंगादशहरा मेला १० दिनसम्म लागेको थियो । अघिल्लो वर्षहरुमा कोरोना महामारीका कारण प्रभावित भएको मेला यो वर्ष भने संचालन भएको हो । कोभिड १९ को जोखिम कम भएको र गोसाइँकुण्ड पुग्ने पदमार्गमा पनि कुुनै समस्या नभएको कारण यसपटक मेला संचालन भएको हो ।

    पौराणिक कथनअनुसार परापूर्व कालमा देवता र दानवबीच लडाइँ हुँदा समुद्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरि विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई गोसाइँबाबा भगवान शिव शंकरले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशुल धाराको उत्पति भई त्रिशुल धाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको हाे । 

     कुण्डमा स्नान गरि गोसाइँबाबा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चित्ताएको सबै मनोकांक्षाहरू पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौैं हजार भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्दछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार