Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकी तल्लो सदनबाट बन्दुक नियन्त्रण विधेयक पारित


    बिहिबार, जेष्ठ २६ २०७९
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • न्युयोर्क।अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बुधवार फराकिलो दायराको बन्दुक नियन्त्रण विधेयक पारित गरेको छ । टेक्सास र न्यूयोर्कमा हालै भएका गोलीबारीपछि पेस गरिएको यो विधेयकले अर्ध–स्वचालित राइफल खरिदका लागि न्यूनतम उमेर सीमा बढाउन खोजेको छ ।

     यसले १५ राउन्डभन्दा बढी क्षमता भएका गोला बारुद बिक्री निषेधका लागि अनुमति दिएको छ । विद्येयकको पक्षमा २२३ जनाले मतदान गरेका थिए । 
    अब कानुन बन्न माथिल्लो सदन सिनेटबाट पारित हुनुपर्छ । तर, माथिल्लो सदनबाट पारित हुने सम्भावन कम रहेको बताइन्छ । 

    तर, सदनमा विधेयक पारित भएपछि डेमोक्र्याटिक पार्टीका सांसदहरूलाई मतदातालाई सकरात्मक सन्देश पठाउने मौका मिल्नेछ । यसै वर्षको नोभेम्बरमा मध्यावधि निर्वाचन हुँदैछ । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार