Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्व बैंकबाट समावेशी विकासक लागि १२ अर्ब ऋण लिइने


    मंगलबार, जेष्ठ २४ २०७९
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासको लागि १० करोड अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिने भएको छ । 

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको हो । 

    ‘विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासको लागि १०० मिलियन अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) सहुलियत पूर्ण ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय भएको छ,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय जानकारी दिंदै गृहमन्त्री बालकृष्ण खाणले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार