Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ह्वात्तै घट्याे सुनको मूल्य, यस्तो छ आजको बजार भाउ


    आइतबार, जेष्ठ २२ २०७९
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । सुनको भाउ मंगलबार प्रतितोलामा ६ सय  रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
    त्यसैगरि  तेजावी सुनको भाउ तोलाको ९७ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

    यसैगरी आइतबार चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलाको एक हजार २९० रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार