Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक पेस


    शुक्रबार, जेष्ठ २० २०७९
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संसदमा फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७९ पेस गरिएको छ । 

    प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री श्री गोविन्द प्रसाद शर्मा कोइरालाले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७९ पेस गरेका हुन् । 

    यसअघि शुक्रबार नै मन्त्री कोइरालाले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पेस गरेका हुन् । 

    यसअघि शुक्रबार नै अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा विनियोजन विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक २०७९  ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक २०७९ पेस गरेका थिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार