Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दै


    शुक्रबार, जेष्ठ २० २०७९
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे  बस्दैछ । संसद सचिवालयले जनाए अनुसार बैठक बिहान ११ बजे बस्ने छ।

     आज बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

    मंगलबारबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको थियो । उक्त छलफलमा सांसदहरुले बजेटमाथि आ–आफ्नो धारणा राखेका थिए ।
    यस्तै, आज एमाले सांसद तथा एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले इन्धन तथा खाद्यान्नमा भएको मूल्यवृद्धि लगायत जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

    त्यसैगरि , राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ । राष्ट्रिय सभाको  बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार