पोखरा।गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले सत्ता जोगाउनका लागि मन्त्रीमण्डल विस्तार गर्दा खर्चको आकार बढ्दै गएको बताएका छन् । अर्थ तथा विकास समितिको बैठकमा उनले प्रदेशको मन्त्रीमण्डल ७ जनामै सीमित गर्नुपर्ने बताएका हुन् । ‘आम्दानी भन्दा खर्च अधिक बढेको छ ।
यसलाई नियन्त्रण गर्न निकै गाह्रो भैसकेको छ । आजको यो ज्वलन्त समस्या हो । मन्त्रिमण्डल अव ठूलो भयो । ७ देखि ८ जना बनाउन पनि आवश्यक छैन,’ उनले भने, ‘कानूनले दिएको अधिकार प्रयोग गर्न त पाइयो तर प्रगती के भयो त ? उपादयता के हो त ? पहिले धेरै सुझबुझका साथ ७ वटा मन्त्रालय बनेको रहेछ । हामी त्यो दिशातिर जान जोड गर्नुपर्छ ।’
उनले संघीय प्रणालीप्रति अविश्वास बढ्दै गएको भन्दै कार्यशैली फेर्नुपर्ने बताए । ‘हामीले नै हो प्रदेश र देश बनाउने । हिजो राजा महाराजा थिए, उनीहरुलाई निकै सराप्थ्यौं । अव देश र प्रदेश बनाउने जिम्मा हाम्रो हो, तर अनुभुति हुन सकेन । व्यवहारमा देखिएन । यसले गर्दा प्रणालीप्रति अविश्वास बढ्दै गएको छ,’ बराल भन्छन्, ‘अब जनताले अनुभुती गर्ने गरी काम गर्नुपर्छ । प्रदेश सरकारका जतिपनि जिल्लाका इकाईहरुलाइ पालिकामा एकीकृत इकाईको रुपमा लैजान जरुरी छ ।
संघीयता र प्रणाली राम्रो बनाउन प्रदेश सरकारका कार्यालय पालिकामा लैजानुपर्छ । जिल्लामा खोल्दा खर्च मात्रै बढी भयो ।’ अहिले प्रदेश सरकारले जिल्लाजिल्लामा मन्त्रालयगत कार्यालय खोलेको छ । न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend