Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखरीमा डुबेर बारामा दुई जनाको मृत्यु


    बिहिबार, जेष्ठ १९ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  बारा । बारामा छुट्टाछुट्टै स्थानमा रहेका पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।  घरनजिकैको पोखरीमा नुहाउन गएका जिल्लाकाे कलैया उपमहानगरपालिकाका एक बालककाे डुबेर मृत्यु भएको छ । बुधबार कलैया उपमहानगरपालिका-१६ मझौलिया टोल बस्ने मजबुलाह अंसारीको छोरा ९ वर्षीय यस्तफा अंसारीको पोखरीमा डुबेर मृत्यु भएको स्थानीयले जानकारी दिए ।

    घरबाट करिब ४/५ जना साथीहरुसँग पोखरीतर्फ निस्केकाे आधा घण्टामै बालक डुबेका थिए ।  बालकलाई स्थानीयले पाेखरीबाट निकालेर उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा पठाएको र उनकाे उपचारको क्रममा अस्पताल मृत्‍यु भएको प्रहरिले जनाएको छ । 

    यस्तै, कोल्हबी नगरपालिका ११ बेलावा टोल बस्ने बिरनाथ चौधरीकाे घरभन्दा करिब पाँच सय मिटर पश्चिममा रहेको आफ्नै पोखरीमा डुबेर मृत्‍यु भएको छ । घरबाट घाँस काट्न गएका उनी अबेर रातसम्मा घर नआएपछि खोजी गर्ने क्रममा उनलाई उक्त पोखरीमा मृतावस्थामा भेटेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । 

    उनकाे मृत्‍युबारे अनुसन्धान भाईरहेको जिल्ला प्रहरी कार्यालयले बाराका प्रवक्ता तथा  प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार