Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘कबड्डी ४’ की नायिकाविरुद्ध प्रदर्शन, सार्वजनिक माफी माग्नुपर्ने माग


    मंगलबार, जेष्ठ १७ २०७९
    835
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । ‘कबड्डी-४’ की नायिका मिरुना मगरविरुद्ध प्रदर्शन सुरु भएको छ । चाबहिलस्थित केएल टावर नजिकै प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले नायिका मगरले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन् । 

    उनीहरूले चलचित्र ‘कबड्डी-४’ को पोस्टरसमेत जलाएका थिए । मिरुनाले आफूमाथि ब्याड टच गरेको भन्दै एकजना बौद्ध भिक्षु फुर्वा लामालाई झापड हानेकी थिइन् । उनले आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीको जिम्मा लगाएकी थिइन् । 

    प्रहरी हिरासतमा रहेका लामालाई प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ । विना कारण भिक्षुलाई फसाएको भन्दै युवाहरूले प्रदर्शन गरेका हुन् । उनलाई छुटाउने विषयमा प्रहरीसँग विभिन्न संघसंस्थाले छलफल गरिरहेका छन् । 

    यता चलचित्रका निर्देशक रामबाबु गुरूङले घटनाबारे बुझ्ने काम भइरहेको बताएका छन् । ‘तपाईहरूबाट नै मैले पनि थाहा पाएको छु । नायिकासँग सम्पर्क भएको छैन । यस विषयमा दुवै पक्षको कुरा सुनेर मात्र हामी अगाडि बढ्छौं,’ गुरूङले भने । 

    उक्त विवादलाई लिएर चलचित्र नै बहिस्कार गर्नुपर्छ भन्ने विषय गलत भएको उनको भनाइ छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार