Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वैदेशिक रोजगारमा जाने कामदारको संख्या बढ्यो, रेमिट्यान्स घट्यो 


    बुधबार, चैत्र ५ २०७६
    730
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ, ५ चैत । गत आर्थिक वर्षको तुलनामा यस वर्ष विदेशमा काम गर्ने नेपालीले पठाउने रकम विप्रेषण (रेमिट्यान्स) घटेको छ । 

     चालु आव २०७६/७७ को ७ महिनामा ५ खर्ब १३ अर्ब रुपैयाँमात्र भित्रिएको  छ ।   गत आर्थिक वर्ष २०७५ को साउनदेखि माघसम्म ५ खर्ब १५ अर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त भएको थियो । 

    गत आवको तुलनामा यस वर्ष ०.५ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  गत वर्ष २८.५ प्रतिशतले बढेको रेमिट्यान्स आप्रवाह भित्रिएको  थियो । 

    तर गत वर्षको तुलनामा यस वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या भने बढेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण)का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २१.७ प्रतिशतले बढेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.५ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने ०.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.९ प्रतिशतले बढेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार