Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लण्डनमा पनि मनाइयो गणतन्त्र दिवस 


    सोमबार, जेष्ठ १६ २०७९
    500
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • लण्डन । बेलायतमा रहेका नेपालीले गणतन्त्र दिवस मनाएका छन् । नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति बेलायतले आइतबार एक कार्यक्रमको आयोजना गर्दै गणतन्त्र दिवस मनाएको हो । 

    सोही कार्यक्रमको अवसर पारेर गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यलाई जनसम्पर्क समिति बेलायतले सम्मान गरेको छ । 
     समितिका सभापति युवराज गुरुङको सभापतित्वमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले सरकारले नीति तथा कार्यक्रम र बजेटमा ल्याएका नयां प्रावधानहरु गैरआवासीय नेपालीहरुको हितमा रहेको बताए । 

    उनले सरकारले ल्याएको खुल्ला नीतिका कारणले अब देखि विदेशी नागरिकले समेत नेपालमा फ्ल्याट किन्न सक्ने कानुन बनेको बताए ।  सरकारले आइतबार प्रस्तुत गरेको बजेटमा गैरआवासीय नेपालीहका लागि एक दर्जन भन्दा बढी सुविधा घोषणा गरेकोप्रति आचार्य स्वागत गरे । 

    उनले गैरआवासीय नेपाली संघसँस्था ठूलो भएको कारणले बेलाबेलामा समस्या देखिए पनि राष्ट्रको समृद्धिको लागि एक भएर अघि बढ्न आब्हान गरे । उनले संसदको चालु अधिवेशनबाट एनआरएनए नागरिकता पारित हुनेमा विश्वास गर्दै यदि यो संसदले टुंग्गो लगाउन नसके अध्यायदेशको विकल्पमा जानु पर्नेमा जोड दिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले नेपालमा संघीयता सफल हुदै गएको बताए । उनले संघियताको सफलता पछि भारतको गुजराज र बिहार राज्यले गरेको सफलता हेरेर नेपालले पाठ सिक्नु पर्ने तर्क गरे ।

    उनले भारतको विकास गैरआवासीय इन्डियनहरुको ठूलो भूमिका रहेको बताउंदै गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरे । उनले विदेशमा बस्ने नेपालीहरुको लागि आवश्यक कानुन निर्माण लगायतका मुद्धामा सरकार सहयोग गर्न तयार रहेको विचार व्यक्त गरे ।  

    कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका पूर्वसल्लाहकार विश्वआर्दश पण्डितले नेपाली कांग्रेस सत्तामा आए पछि मात्र स्थानीय निकायहरु बलियो हुने तर्क गर्दै ठूलो चुनौतिकाबीच सरकारले स्थानीय निर्वाचन गर्न सफल भएको बताए ।

    उनले निर्वाचनसंगै युवाहरुको आगमनले नेपाली राजनीतिमा चुनौति थपिएको बताए । उनले गैरआवासीय नेपालीहरु फुट्न हुन्न भन्ने न्युनतम आधार मानेरनै  संघको गत १० औं महाधिवेशनबाट सहमतिबाट नेतृत्व चयन गरिएको बताए । 

    कुश बस्नेतले संचालन गरेको कार्यक्रममा समितिका उपसभापति प्रवेश केसी, प्रेश युनियन बेलायतका सभापति बिपीन निरौला, रोमियन लिम्बु लगायतले सम्बोधन गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार