Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आइतबार सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्दै सेना


    सोमबार, जेष्ठ १६ २०७९
    640
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। उडानको क्रममा आइतबार सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्न नेपाली सेना र नेपाल प्रहरी बिहानै खटिएको छ । मुस्ताङ सदरमुकाम जोमसोमका लागि आइतबार पोखराबाट उडेको विमान सम्पर्कविहीन भएको थियो ।

    तर, नेपाली सेना र प्रहरीसहितको उद्धार टोलीले सम्भावित केही क्षेत्रमा खोजी गरेपनि भेट्टाउन सकेको थिएन । 

    सोमबार बिहानैबाट खोजीलाई निरन्तरता दिइएको छ । 

    २२ जना यात्रु  सवार कल साइन ‘९ एन–एइटी’ को विमान आइतबार बिहान १०:७ बजेदेखि सम्पर्कविहीन बनेको थियो । विमान  जोमसोमका लागि उडे पनि सम्पर्कमा नआउदा दुर्घटनामा परेको आशंका गरिएको छ । म्याग्दीस्थित मानापाथी हिमालको फेदीतिर दुर्घटना भएको आशंका गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार