Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गणतन्त्र दिवसका अवसरमा खाेटाङका ६ कैदीबन्दीको सजाय मिनाहा


    आइतबार, जेष्ठ १५ २०७९
    535
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • खोटाङ । गणतन्त्र दिवसको अवसरमा खोटाङका ६ कैदीबन्दीको सजाय मिनाहा भएको छ । कर्तव्य ज्यान मुद्दाका चार जना र ज्यान मार्ने उद्योगका दुई जनाको सजाय मिनाहा भएको हो ।

    जेल जीवन बिताइरहेका तर असल चालचालन भएका कैदीबन्दीलाई १५औं गणतन्त्र दिवसको अवसरमा सजाय मिनाहा दिइएको जिल्ला कारागार शाखाका निमित्त जेलर सोमप्रसाद आचार्यले बताए । 

    कर्तव्य ज्यान मुद्दामा ५० प्रतिशत कैद भुक्तान गरिसकेका केपिलासगढी गाउँपालिका–७ सुङदेलका सानकुमार राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका कैलासबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका पुर्णकुमार तामाङ र रावाबेंसी गाउँपालिका–६ हौंचुरका रामचन्द्र राईको सजाय मिनाहा गएिको हो । 

    यस्तै, ज्यान मार्ने उद्योगमा ४० प्रतिशत कैद भुक्तान गरेका दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका मनोज राई र ज्यान मार्ने उद्योगमै ५० प्रतिशत कैद भुक्तान गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका टिक्लु भनिने मिलन राईको सजाय मिनाहा भएको निमित्त जेलर आचार्यले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार