Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘लता उत्कृष्ट फोटोग्राफर’


    आइतबार, जेष्ठ १५ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । बलिउड गायिका लता मंगेशकर एक महान व्यक्तित्व थिइन् भन्ने कुरामा दुईमत छैन । जसले आफ्नो स्वरको माध्यमबाट गायन उद्योगसँग आम मानिसको मन जितिन् । गायनका अलावा लताको अन्य केही रुची पनि थियो । उनको अन्य रुचीलाई टेलिभिजन शो ‘नाम रह जाएगा’मार्फत चाँडै दर्शकले हेर्न पाउदैछन् ।

    कमैमात्रलाई थाहा होला कि लता एक उत्कृष्ट फोटोग्राफर पनि थिइन् । उनी जहाँ–जहाँ जान्थिइन्, त्यहाँ उनी अनिवार्य क्यामरा लैजान्थिइन् ।

    गायक सोनु निगमले लताको फोटोग्राफी रुचीका बारेमा केही खुलासा गरेका छन् । ‘लताजीलाई फोटो क्लिक गर्न निकै मनपर्थ्याे । जुन बेला उनले समय पाउँथिइन्, उनी जंगल सफारीमा जान्थिइन् । जहाँ उनले धेरै फोटो खिच्ने गर्थिन् । उनीसँग तस्वीरको एउटा ठूलो कलेक्सन नै थियो । आशा छ, त्यो तस्वीरको संग्रहलाई हामी चाँडै पुस्तकमाझ हेर्न पाउनेछौं’, सोनुले भनेका छन् ।

    स्टार प्लसबाट प्रसारण हुने ८ भागको यो सिरिजमा २० भन्दा बढी भारतीय लोकप्रिय कलाकारहरुले लताप्रति श्रद्धाञ्जली दिँदैछन् । गजेन्द्र सिंहको परिकल्पना र निर्माण रहेको शोमा सोनू निगम, अरिजीत सिंह, शंकर महादेवन, नितिन मुकेश, नीति मोहन, अलका याज्ञनिक, साधना सरगम, उदित नारायण, शान, कुमार शानू, अमित कुमार, जतिन पण्डित, जावेद अली, ऐश्वर्या मजूमदार, स्नेहा पन्त, प्यारेलाल जी, पलक मुच्छल र अन्वेशा शामिल हुनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार