Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मझुवागढी परिसर सरसफाई 


    आइतबार, जेष्ठ १५ २०७९
    455
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खोटाङ ।  प्रगतीशिल युवा सञ्जालले खोटाङले धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी परिसर सरसफाई गरेको छ । सञ्जालमा आवद्ध युवाको समूहले शनिबार दिक्तेलको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीस्थित कालिका भगवती देविस्थान जाने सिँढी तथा गढी परिसर आसपासमा यत्रतत्र छरिएका फोहोरमैला सरसफाई गरेको हो । दर्शन एवं भ्रमणका लागि मझुवागढी जाने स्थानीयले जथाभावी मिल्काएका शिशा तथा प्लाष्टिकका बोत्तल, बिस्कुट, चाउचाउ लगायतका फोहोरमैला संकलन गरेर जलाइएको प्रगतीशिल युवा सञ्जालका अध्यक्ष यलम्बर राईले बताए । 

    मझुवागढी सरसफाई अभियानलाई निरन्तरता दिइने सञ्जालले जनाएको छ । सञ्जालले मझुवागढीमा लगातार दुई पटक सरसफाई गर्ने योजना अघि सारेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार