Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कार्यालय सहयोगी नै वडाअध्यक्ष बनेपछि….


    शनिबार, जेष्ठ १४ २०७९
    1.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा नं.५ शेर्नाका नेत्र भट्टराई ‘अनिल’ केही समय अघि वडा कार्यालयको कार्यालय सहयोगीका रूपमा रहेका थिए ।

    उनका बुवा लक्ष्मी भट्टराईले २५ वर्ष कार्यालय सहयोगी बनेर सेवा निवृत्त भएपछि उनले सो वडा कार्यालयको सहयोगीका रूपमा तीन वर्ष अघि काम गर्ने अवसर पाएका थिए ।

    एसएलसी पास गरेर प्लस टु उत्तीर्ण नहुँदै ५–६ वर्ष वैदेशिक रोजगारीमा केही देश डुलेका उनले गाउँफर्केपछि आफै यातायात व्यवसाय सुरु गरेका थिए ।

    आफ्नो बुबाले २०० रुपैयाँ तलब हुँदा काम गर्नु भएको र बुवाको वचन त्याग्न नसकेर तीन वर्ष अघि वडा कार्यालयको कार्यालय सहयोगी बनेर काम गरेको उनले बताए ।

    वडाबाट हुने हरेक सेवाबाट नागरिकलाई वञ्चित गर्नु हुँदैन भनेर उनले वडा सचिव र वडाअध्यक्ष समेत नहुँदा आफूले काम गरेर जनताको घरदैलोमा पुर्‍याएको उपहार स्वरूप यो वर्ष वडा अध्यक्ष बन्न सफल भए ।

    तीन महिना अघिसम्म उनलाई जो वडा अध्यक्ष आए पनि आफूले भने जनताको सेवा सँधैभरी विगतमा जस्तै गर्ने सोच आइ रहेको भए पनि एक्कासि वडाअध्यक्ष बन्नु पर्छ भन्ने सल्लाह आएपछि अब भने राजनीतिमा लाग्नु पर्छ भन्ने सोच आएको उनी बताउँछन् ।

    जब निर्वाचनको रौनक सुरु हुन थाल्यो तब सम्भावित उम्मेदवारको चर्चा पनि हुन थाल्यो । भट्टराई गाउँमा हुने राजनीतिक छलफलमा सामान्य रूपमा सहभागी पनि हुन थाले ।

    जुन कार्यालयमा उनी सहयोगी थिए, अहिले त्यही वडाको अध्यक्ष बने । उनलाई त्यहाँका जनताले मत दिएर कार्यालय सहयोगीबाट एकै पटक नेतृत्व गर्ने ठाउँमा पुर्‍याइदिएका छन् ।

    भट्टराई नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेदवार पनि बने र जित निकाले । भट्टराई जस्तै दाङको राप्ती गाउँपालिका वडा नं.८ का कार्यालय सहयोगी चन्द्रबहादुर गुरुङ पनि वडाध्यक्षमा निर्वाचित भएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार