Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अन्ततः पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घट्ने


    शुक्रबार, जेष्ठ १३ २०७९
    585
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । अन्ततः पेट्रोलियम पदार्थको कर घट्ने भएको छ ।

    गत मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर घटाउने सहमति गरेकाे हाे ।

    मन्त्रिपरिषद्को निर्णयले हाल कायम विभिन्न शीर्षकका करबाट कम्तिमा १० रुपैयाँ घटाउने गरी सैद्धान्तिक सहमति दिएको अर्थमन्त्रालयले जनाएको छ । तर हालसम्म कुन कर घटाइने भन्नेमा भने निश्कर्ष निस्किएको छैन ।

    पेट्रोलियम पदार्थमा भन्सार तथा प्रज्ञापन शुल्क, सडक मर्मत सम्भार शुल्क, प्रदुषण शुल्क, पूर्वाधार कर र मूल्य स्थिरीकरण कोषमा जाने रकम जोडेको हुन्छ।

    यी सबै कर र शुल्क जोड्दा एक लिटर पेट्रोल (१८० रूपैयाँ) मा ६३ रूपैयाँ ३४ पैसा सरकारी खातामा जान्छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार