Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विदेशी सम्बन्धन लिएका १२ कलेजको कार्यक्रम खारेज


    बुधबार, चैत्र ५ २०७६
    915
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, ५ चैत ।  विदेशी विश्व विद्यालयबाट सम्बन्धन लिई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिएको १२ कलेजको कार्यक्रम खारेज गरेको छ । ती मध्ये १० वटाको 'ए लेभल' कार्यक्रम खारेज गरेको हो ।  

    करिब ६ महिना अघि नविकरण गर्न र आवश्यक काजगात र वक्यौदा तिर्न आग्रह गर्दा  अटेर गरेपछि मन्त्रीस्तरीय बैठकले सम्बन्धन खारेज गरेको हो । मन्त्रालयको उच्च तथा वैदेशिक शिक्षा महाशाखाले सम्बन्धन खारेज गरेको हो । 

     मन्त्रालयका अनुसार महाराजगंजको ओरियन्ट, एपेक्स लाइफ स्कुल प्रालि बानेश्वर, एजे वाइलड इन्टच्युट अफ एडभान्स स्टडिज प्रालि पानीपोखरी, एभरेष्ट एजुकेशन फाउण्डेशन बतीसपुतली, काठमार्डौ भ्याली मावि महाराजगंज, क्यापिटल कलेज एन्ड रिसर्चसैन्टर कोटेश्वर, पेन्टागन एजुकेशन नेटवर्क प्रालि तीनकुने, वुजवाटर इन्टरनेशनल एकेडेमी सिनामंगल, माल्पी इन्टरनेशनल महाराजगंज, साउथवेष्टन कलेज धापासीको ए लेभल खारेज गरेको हो । त्यस्तै ललितपुरका आइसीएचएमको बिबिए र बिए, कैलालीको वेष्टन इन्टरनेशनल विजनेश स्कुल प्रालिको बिबिए र एमबिए कार्यक्रम खारेज गरेको छ ।

      मन्त्रालयले उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धि निर्देशिका २०५९ को दफा ८ को उपदफा ६ र ६ ‘क’ बमोजिम प्रकृया पुरा नगरेपछि सो निर्देशिकाको दफा ८ को उपदफा ६ ‘क’ बमोजिम मन्त्रीस्तरीय निर्णय गरी सम्बन्धन खारेज गरेको हो । मन्त्रालयले हिजो सूचना जारी गरी सम्बन्धन खारेज भएको जनाएको हो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार