Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यूरोपको नक्कली भिसा देखाउँदै ठगी, हंगेरी पठाउने भनी २५ लाख लिने पाण्डे पक्राउ


    बिहिबार, जेष्ठ १२ २०७९
    575
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विदेश पठाई दिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका–८ बस्ने चितवन भरतपुर महानगरपालिका–९ वसन्त चोक घर भएका २७ वर्षीय सुजनराज पाण्डेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

     पाण्डेले टिपिकल क्लोथिङ एण्ड क्राफ्ट स्टोर नामक व्यवसायिक कम्पनी दर्ता गर्न लगाई यूरोपको जुनसुकै देशमा गएर ब्यपार व्यवसाय गर्न मिल्ने भिषा लगाई दिन्छु भनी हंगरीको लागि नक्कली भिसा समेत निकाली पीडितबाट २५ लाख रूपैयाँ ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौंं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार