Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रौतहटमा कांग्रेस बन्यो ठूलो दल


    बिहिबार, जेष्ठ १२ २०७९
    575
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रौतहट । स्थानीय तह निर्वाचनको मतपरिणाममा रौतहटमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । स्थानीय तह निर्वाचनमा कांग्रेसले सात, नेकपा एकीकृत समाजवादीले चार, एमालेले तीन, लोसपाले दुई, जसपाले एक र माओवादी केन्द्रले एक पालिकामा जित हात पारेको हो । 

    नेपाली कांग्रेससँग अहिले १४ जना पालिका प्रमुख र उपप्रमुख छन् । रौतहटमा का‌ंग्रेसले सात पालिकामा जित हात पारेको हो । कांग्रेसले फतुवा विजयपुर नगरपालिका, राजपुर नगरपालिका, कटहरिया नगरपालिका, गढीमाई नगरपालिका, चन्द्रपुर नगरपालिका, परोहा नगरपालिका र माधव नारायण नगरपालिकामा जित हात पार्दै जिल्लाको ठूलाे दल हुन सफल भएको छ । का‌ंग्रेससग सात प्रमुख र सात उपप्रमुख गरी १४  सहित ठूलो दल बनेको हो । 

    यस्तै, एकीकृत समाजवादीले चार पालिकामा जित हासिल गर्दै दोस्रो ठूलो दल बनेको छ । एकीकृत समाजवादीले वृन्दावन नगरपालिका, गौर नगरपालिका, बौधीमाई नगरपालिका र राजदेवी नगरपालिकामा विजयी भएको छ । 

    एमालेले  देवाही गोनाही नगरपालिका, गरुडा नगरपालिका र मौलापुर नगरपालिकामा जित हात तेस्रो ठूलो दल बनेको छ ।  २०७४ को निर्वाचनमा रौतहटबाट क्लिन स्विप भएको एमालेले यो पटक तीन पालिकामा जित हात पार्दै तेस्रो ठूलो दल बन्न सफल भएको हो । 

    लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ईशनाथ नगरपालिका र यमुनामाई गाउँपालिकामा जित हासिल गर्दै चौथो स्थानमा छ । गुजरा नगरपालिकामा जनता समाजवादी पार्टी नेपालले र दुर्गा भगवती गाउँपालिकामा माओवादी केन्द्रले जित हात पार्दै दुबै पाँचौं स्थानमा छन् । 

    २०७४ को निर्वाचनमा तीन पालिकामा जित हासिल गरेको माओवादी केन्द्रले रौतहटमा यो पटक हालसम्ममा एयटा पालिकामा जित हासिल गरेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार