Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खानेपानी मन्त्रालयको बेथितिः ६ महिनामा ३ सचिव फेरिए 


    बिहिबार, जेष्ठ १२ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले ६ महिनाका बीचमा ३ जना सचिव परिवर्तन गरेका छन् । मन्त्री चौधरीका अनियमिततामा साथ नदिएका कारण बज्राचार्य सरुवा भइन् । आचार्यले पनि उनका नियम कानुन बिपरीतका काममा साथ नदिंदा ३ महिनामै सरुवा भएका छन् ।

    ६ महिनामा ३ जना सचिव परिवर्तन गरी प्रशासनतन्त्र अस्थिर बनाउन खोज्ने मन्त्रीको कदमलाई रोक्ने दायित्व लिएका मुख्यसचिव शंकरदास बैरागी विवादरहित ढंगले कार्यकाल पूरा गर्न पाए हुन्थ्यो भन्ने ध्याउन्नमा मात्र देखिएका छन् ।  

     चौधरी २०७८ असोज २२ मा खानेपानी मन्त्री भए । उनी मन्त्री हुँदा पनि प्रमिलादेवी बज्राचार्य सचिव थिइन् । मन्त्री चौधरी नियुक्त भएको ४ महिनापछि २०७८ माघ २७ मा बज्राचार्यलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरियो । र, सुरेश आचार्यलाई खानेपानीमा ल्याइयो । आचार्यलाई पनि ३ महिनामै सरुवा गरिएको छ । 

    सचिव आचार्यलाई सोमबार (२०७९ जेठ ९) मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री कार्यालयका सचिव मणिराम गेलाललाई खानेपानी मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।       
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार