Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आईपीएलः लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा


    बिहिबार, जेष्ठ १२ २०७९
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ ।

    पराजित लखनउ बाहिरिएको छ । अब बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ ।

    राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो । गुजरात फाइनल पुगिसकेको छ ।

    बुधबार राति भएको एलिमिनेटरमा बैंगलोरले दिएको २०८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १९३ रनमा समेटियो ।

    लखनउका कप्तान केएल राहुलले सर्वाधिक ७९ रन बनाए । बैंगलोरका जोश हाजलउडले ३ विकेट लिए  ।  

    त्यसअघि कोलकत्तामा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २०७ रनको योगफल तयार पारेको थियो । 

    बैंगलोरका लागि रजत पटीदरले अविजित ११२ रन बनाए ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार