Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चीनले ताइवान वरपर सैन्य अभ्यास गर्ने


    बिहिबार, जेष्ठ १२ २०७९
    620
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । चीनले ताइवाननजिकै सैन्य अभ्यास गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनीका बाबजुद चीनले सैन्य अभ्यास गर्न लागेको हो । केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले बेइजिङले बल प्रयोग गरेर टापुसँग पुनः एकीकरण गर्ने प्रयास गरे वासिंगटनले सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएका थिए ।

    दशकौंदेखि छुट्टै शासन व्यवस्था गरेपछि पनि चीनले  ताइवानलाई आफ्नो प्रान्तको रूपमा हेरिरहेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आवश्यक परे टापु कब्जा गर्ने धम्की समेत दिएका छन् ।

    यसअघि पनि जनमुक्ति सेनाले ताइवान क्षेत्रमा गस्ती र प्रशिक्षण अभ्यास गरेको थियो, जसलाई चीनले ताइवान र अमेरिकीसाँठगाँठ विरुद्ध भएको चीनले बताएको छ । 

    ‘ताइवान टापुको वरिपरि जनमुक्ति सेना  (पीएलए) द्वारा हालैको गस्ती र प्रशिक्षण अभ्यास ताइवान र संयुक्त राज्य अमेरिका बीचको साँठगाँठविरुद्ध लक्षित आवश्यक कारबाही थियो’, चिनियाँ रक्षा प्रवक्ताले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार