Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आगलागीबाट क्षति भएका परिवारका लागि सोसेकको सहयोग


    बुधबार, जेष्ठ ११ २०७९
    635
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दैलेख । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले आगलागीबाट क्षति भएका परिवारका लागि सहयोग उपलब्ध गराएको छ । आगलागीका कारण ठाटीकाँध गाउँपालिका–६ निवासी नरेन्द्र बहादुर थापाको क्षति भएको थियो । 

    उक्त घरका चार जना बालबालिका तथा परिवारका लागि सामाजिक सेवा केन्द्र (सोसेक) द्वारा सञ्चालित बाल हेल्पलाइन १०९८ को तर्फबाट खाद्यान्न सहयोग प्रदान गरिएको हो । 

    ठाटिकाँध गाउँपालिका अध्यक्ष रक्षबहादुर शाह र वडा नम्बर ६ वडाध्यक्ष जोरासिंह रोकाया क्षेत्रीले खाद्यान्न सहयोग हस्तान्तरण गरेका छन् । चामल, दाल, नुन, तेल गरी ६ हजार ५ सय बराबरको खाद्यान्न उपलब्ध गराइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार