Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बढ्यो क्रिकेट खेलाडीको तलब


    बुधबार, जेष्ठ ११ २०७९
    745
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका खेलाडीको मासिक पारिश्रमिक बढाउने निर्णय गरेको छ । क्यानको बोर्ड बैठकले ‘सेन्ट्रल कन्ट्रयाक्ट’मा रहेका पुरुष खेलाडीको पारिश्रमिकमा १० हजार वृद्धि गर्ने जनाएको छ ।

    क्यानको यो निर्णयसँगै ‘सेन्ट्रल कन्ट्रयाक्ट’मा रहेका ‘ए’ ग्रेडका खेलाडीहरुको पारिश्रमिक ६० हजार, ‘बी’ ग्रेडमा रहेका खेलाडीको ५० हजार र ‘सी’ ग्रेडका खेलाडीहरुको ४० हजार रुपैयाँ पुगेको छ ।

    यसअघि ‘ए’ ग्रेडका खेलाडीको ५० हजार, ‘बी’ ग्रेडका खेलाडीको ४० हजार र ‘सी’ ग्रेडका खेलाडीको ३० हजार रुपैयाँ पारिश्रमिक थियो ।

    यस्तै, क्यानले महिला खेलाडीको पारिश्रमिक पनि वृद्धि गर्ने निर्णय गरेको छ । क्यानले महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड ‘सी’ मा रहेका खेलाडीको पाँच हजार र ‘बी’ र ‘ए’ ग्रेडका खेलाडीको पारिश्रमिक समान ६ हजार रुपैयाँले बढाएको छ ।

    यसअघि ग्रेड ‘ए’ मा रहेका महिला खेलाडीको पारिश्रमिक १५ हजार, ‘बी’ ग्रेडका खेलाडीको पारिश्रमिक १२ हजार र ‘सी’ ग्रेडका खेलाडीहरुको पारिश्रमिक १० हजार रुपैयाँ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार