Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतीय गृहणीले खानीमा फेला पारिन हिरा


    बुधबार, जेष्ठ ११ २०७९
    500
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी । मध्यप्रदेशको पन्ना जिल्लाको एउटा गाउँकी एक महिलाले एउटा खानीमा २ दशमलब शून्य ८ क्यारेटको हिरा फेला पारेकी छिन् । सो हिरा राम्रो गुणस्तरको भएको र लिलामीमा १० लाख भारु पुग्न सक्ने भारतीय अधिकारीहरूले जनाएका छन् ।

    महिलाका श्रीमानले हिराको लिलामीबाट राम्रो मूल्य पाएमा पन्ना सहरमा घर किन्न चाहेको बताए । उनी पेसाले किसान हुन् । 

    जिल्लाको कृष्ण कल्याणपुर पाटी क्षेत्रमा भाडामा लिएको खानीमा गृहिणी चमेली बाईले २ दशमलब शून्य ८ क्यारेटको हिरा  फेला पारेको पन्नाको हीरा कार्यालयका अधिकारी अनुपम सिंहले बताए ।

    ती महिलाले मंगलबार हिरा कार्यालयमा सो बहुमूल्य ढुंगा डिपोजिट गरेको अधिकारीले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार