Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तुलसीपुरको मेयरमा  एमालेका उम्मेदवार खड्का जित नजिक


    बुधबार, जेष्ठ ११ २०७९
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । तुलसीपुरको मतगणना अन्तिम चरणमा पुगेको छ। ७० हजार ४७४ मत गणना हुँदा एमालेका उम्मेदवार टिकाराम खड्काले ३ हजार ३१० मतको अग्रता लिएका छन्।

    उनले २९ हजार ७३३ मत प्राप्त गरेका छन्। कांग्रेसका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीले २६ हजार ४२३ मत प्राप्त गरेका छन्। अब करिब ४ हजार मत गणना गर्न बाँकी छ।

    उपमेयरमा पनि एमालेका उम्मेदवार स्यानी चौधरी ९ हजार १०४ मतका साथ अग्रस्थानमा छिन्। चौधरीले २९ हजार ५१ मत प्राप्त गरेकी छिन्। गठबन्धनका उम्मेदवार जोगबहादुर रानाले १९ हजार ९ सय ४७ मत प्राप्त गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार