काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका एक जना शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार विद्यालयका एकजना शिक्षकले आफूले भनेअनुसार गरे सहयोग गरिदिने भनेर गलत मनसायले भनेको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् ।
आन्दोलित विद्यार्थीले कलेज र शिक्षणविरुद्ध नारावाजी पनि गरेका छन् ।
के भएको भन्नेबारे बुझ्नलाई अहिले अभिभावकसहित शिक्षकहरुबीच छलफल गर्ने तयारी भइरहेकाे छ ।