काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुटाउनका लागि प्रधानमन्त्रीले केपी शर्मा ओली अग्रसर भएको आरोप लगाएका छन् ।
पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।
उनले पार्टी बैठक चलिरहेकै बेला प्रधानमन्त्री ओलीको सक्रियतामा निर्वाचन आयोगमा नेकपा-एमाले दल दर्ता हुनुले पनि प्रधानमन्त्रीको गतिविधि प्रष्ट पार्ने दावी गरे । उनले भने, ‘पार्टीको बैठक चलिरहेकै बेलामा अर्का अध्यक्षको सक्रियता र पहलमा नेकपा एमाले दर्ता भएको छ ।’
पछिल्लो समय प्रधानमन्त्रीको समर्थनका नाममा भैरहका गतिविधि तर्फ संकेत गर्दै प्रचण्डले यो पनि प्रम ओलीकै काम भएको बताएका छन् । देशभर कार्यकर्ता खटाएर जिन्दावाद र मुर्दावादको नारा लगाउन लगाएको भन्दै आफ्ना समर्थकले पनि आदेश कुरेर बसेको समेत बताए ।
यस्तै उनले नेकपाको पछिल्लो विवाद पदको लागि जस्तो देखिएको भएपनि यो लडाइँ विचारको भएको उनले प्रष्ट पारे ।
‘पूँजीवादमै रहने कि समाजवादी संस्कृति, संरचना अगाँल्ने भन्नेमै अहिलेको बहस चलिरहेको छ । पदका लागि झगडाजस्तो देखिए पनि यसलाई सच्याउनुपर्छ,’ उनले भने ।
अहिले पार्टीको कार्यदिशा जनताको बहुदलीय जनवाद हुनुपर्छ भनेर चलाइएको बहस निरर्थक भएको समेत उनले दावी गरे ।
उनले महाधिवेशनका लागि बहस खुला नगरिसकिएको अवस्थामा स्थगित गरिएको विचारलाई कार्यदिशाका रूपमा अँगाल्नुपर्छ भनेर चलाइएको छलफलले पछाडि फर्काउने बताए । उनले यस्ता गतिविधिले पार्टीलाई फुट र विभाजनबाट रोक्न नसक्ने पनि बताए ।
‘हामीले जनताको बहुदलीय जनवाद, माओवाद, २१ औं शताव्दीको जनावाद आदिलाई छाडेर जनताको जनवाद अँगालेका हौं । कसैले जनताको बहुदलीय जनवाद र मैले २१ औं शताव्दीको जनवाद हुनुपर्छ भन्ने हो भने एकतालाई प्रबद्र्धन गरेको ठहरिँदैन,’ उनले भने ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend