Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भरतपुर महानगरमा रेनु दाहाल १० हजार मतान्तरले अगाडि


    सोमबार, जेष्ठ ९ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १० हजार मतको अग्रता लिएकी छन् ।

    रेनुले ४४ हजार ३०५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४ हजार १७९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५१५ मत पाएका छन् ।

    यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी राप्रपाकी उम्मेदवार हिमला गुरुङभन्दा १८ हजार ४२२ मत अन्तरले अगाडि छन् । चित्रसेनको मत ४५ हजार ४६८ र हिमलाको मत २७ हजार ४६ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार