काठमाडौं । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शंका-उपशंकाको अवस्था चलिरहेको छ । पार्टी भित्र चरम विवाद रहेको र एकले अर्कालाई पछार्ने नियत लिएका कारण पनि यस्तो अवस्था आएको जानकारहरु बताउँछन् ।
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका थिए । लामो छलफल चलेको हल्ला बाहिरिएसँगै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समूहले त्यो भेटलाई शंकाको दृष्टिले हेरेको खुमलटार स्रोतबाट थाहा भएको छ ।
यसअघि पनि प्रम ओली आफ्ना विश्वास पात्र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङमार्फत सत्ता सहकार्यको प्रस्ताव देउवा समक्ष पठाएका थिए । अकस्मात प्रस्ताव आउँदा अचम्मा परेका देउवाले खासै सकारात्मक उत्तर नदिएपनि अहिले भने देउवा प्रस्तावमा थप छलफल गर्न रुचाएको चर्चा राजनीतिक वृत्तमा छ ।
कांग्रेसले औपचारिक रुपमा कोरोना संक्रमणका बारेमा सरकारको ध्यानाकर्षण गराएको जनाएपनि नेकपा भित्रका ओली इतर समूहको शंका हट्न नसेकेको बताइएको छ ।
सोहीबारे बुझ्न भन्दै प्रचण्ड आज बिहान प्रम निवास बालुवाटार पुगे । बालुवाटारमा प्रम ओली र प्रचण्डबीच दुई घण्टा कुराकानी भएको थियो ।
कुराकानीको क्रममा देउवासँगको भेटबारे पनि प्रसंग चलेको बालुवाटार स्रोतले बताएको छ ।
भेटमा स्थायी समितिको निरन्तरता लगायत पार्टी विवादको बारेमा समेत चर्चा चलेको भनिएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend