Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुसले लगायो फिनल्यान्डमा प्राकृतिक ग्यास आपूर्तिमा रोक


    आइतबार, जेष्ठ ८ २०७९
    615
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । रुसले शनिबार छिमेकी फिनल्यान्डमा प्राकृतिक ग्यास आपूर्तिमा रोक लगाएको छ । त्यसको बदलामा फिनल्यान्डले  नेटो सदस्यताको लागि आवेदन दिएर मस्कोलाई आक्रोशित बनाएको छ । आपूर्तिकर्ता गाजप्रोमलाई रुबलमा तिर्न अस्वीकार गरेपछि मस्कोले फिनल्यान्डमाथि ग्यास रोकेको हो ।

    २४ फेब्रुवरीमा युक्रेनमाथि रुसी हमलापछि मस्कोले रुबलमा ग्यासको भुक्तानी गर्न युरोपेली युनियन (ईयू)लगायतका देशका ग्राहकलाई अनुरोध गरेको छ । रुसी उर्जा कम्पनी ग्याजप्रोमले शनिबार एक विज्ञप्तिमा रुबल भुक्तानी प्राप्त नगरेकोले ग्यास आपूर्ति पूण रूपमा बन्द गरिएको जनाएको छ । 

    सन् २०२१ मा ग्याप्रोमले १ दशमलब ४९ अर्ब  क्युबिक मिटर प्राकृतिक ग्यास फिनल्यान्ड पठाएको जनाएको छ । यो देशको ग्यास खपतको लगभग दुई तिहाई बराबर हो । यद्यपि, प्राकृतिक ग्यासले फिनल्याण्डको ऊर्जाको करिब आठ प्रतिशत ओगटेको छ ।

    फिनल्यान्डको उर्जा कम्पनी गासुमले अभावलाई बाल्टिकनेक्टर पाइपलाइनलगायतका स्रोतबाट अभाव पूर्ति गर्ने जनाएको छ । 
    त्यस्तै फिलिंग स्टेसनहरू सामान्य रूपमा चल्ने आश्वासन दिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार