काठमाडौँ,५ चैत । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई पेट्रोलियम पम्पलाई जनही दुई लाख रुपैयाँ जरिवाना गराएको छ । ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गरेकोले दुई लाख जरिवाना तिराएको हो ।
विभागले सत्याल एण्ड किराना पसल टीकाभैरव र मैतीदेवी पेट्रोल पम्पललाई मंगलबार २र२ लाख रुपैयाँका दरले जरिवाना गरेको जनाएको छ ।
अनुगमनका क्रममा सत्याल एण्ड किनाराले ग्यास तथा किराना सामानको कृत्रिम अभाव सिर्जना गरेको पाएको थियो । उता मैतीदेवी पेट्रोलियम सप्लायर्स मैतिदेवीले कृत्रिमअभाव सिर्जना गरेर इन्धन भण्डारण गरेको विभागले फेला पारेको थियो ।
विभागको टोलीले बुधबार १० वटा फर्म तथा सप्लायर्समा अनुगमन गर्दा ४ वटालाई जरिवाना गराएको विभागले जनाएको छ । कुनै पनि वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, तोकिए भन्दा बढी मूल्य लिने काम कुनै पनि व्यपारिक फर्महरुले गरे सम्पर्क गर्न विभागले आग्रह गरेको छ ।
विभागको टेलिफोन नं. ११३७ मा उपभोक्ताले गुनासो गर्न सक्नेछन् ।