Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • भरतपुरमा रेनुले लिइन् ६६६६ मतान्तरको अग्रता


    शनिबार, जेष्ठ ७ २०७९
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन।भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले आफ्नो अग्रतालाई निकै फराकिलो पार्दै लगेकी छन् । यो समाचार तयार पार्दासम्म रेनुले ६ हजार ६६६ मतको अग्रता लिएकी छन् । 

    ८१ हजार १०९ मत गणना हुँदा रेनुले ३१ हजार ६७६ मत ल्याएकी छन् । उनलाई नेकपा एमालेका विजय सुवेदीले २५ हजार १० मतका साथ पछ्याइरहेका छन् । भुइँकटहर चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११ हजार ९६ मत प्राप्त गरेका छन् । 

    उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी ३४ हजार ८६ मतका साथ चुनावी प्रतिस्पर्धामा छन् । उनलाई  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार हिमला गुरूङले १९ हजार ४९५ मतका साथ पछ्याइरहेका छन् । 

    अहिले वडा नम्बर १७ को मतगणना भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार