Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखराको मेयरमा एकीकृत समाजवादीका धनराजको अग्रता कायमै


    शनिबार, जेष्ठ ७ २०७९
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले अग्रतालाई कायमै राखेका छन् । ९२ हजार ५६१ मत गणना सम्पन्न हुँदा आचार्यले ३७ हजार १२२ मत पाएका छन् ।

    यसैगरी नेकपा एमालेका कृष्ण थापाले ३३ हजार ८५० मत पाएका छन् । राप्रपाका शंकर खरालले ४ हजार २२८ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २ हजार ४४५ मत ल्याएका छन् ।

    यस्तै उपमेयरमा भने एमालेकी उम्मेदवारले अग्रता बनाएकी छन् । एमालेकी उम्मेदवार मन्जु गुरुङले ३८ हजार मत कटाउँदा कांग्रेसका उम्मेदवार कोपीला रानाभाटको ३७ हजार ५४५ मत आएको छ । राप्रपाकी रन्जना सेनले ४ हजार १३१ मत ल्याएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार