Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • काठमाडौं महानगर अपडेटः सिर्जना स्थापितभन्दा ३६ मतले अगाडि


    शनिबार, जेष्ठ ७ २०७९
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा दोस्रो स्थानमा रहेका नेकपा एमालेका मेयर उम्मेदवार तेस्रो स्थानमा पुगेका छन् । 

    उनलाई तेस्रो स्थानमा रहेकी गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी सिर्जना सिंहले उछिनेकी हुन् । स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रस्थान भने कायम नै छ ।

    ९६ हजार ६४९ मत गन्दा सिर्जनाको १९ हजार १४९ मत आएको छ भने स्थापितले १९ हजार १४९ मत ल्याएका छन् । सिर्जना ३६ मतले स्थापितभन्दा अगाडि छिन् ।

    पहिलो स्थानमा रहेका बालेनको भने फराकिलो मतान्तर रहेको देखिन्छ । उनले ३४ हजार ९४८ मत ल्याएका छन् । अहिले काठमाडौं महानगरका ९ वटा वडाको मत गणना जारी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार