सप्तरी । सप्तरीमा स्थानीय तह निर्वाचन २०७९ को परिणाम सोचेको भन्दा फरक भएको छ । पुस्तौँदेखि राजनीति पद हाम्रो परिवारको बिर्ता हो । ठान्नेहरूलाई सप्तरीका जनताले वर्तमान जिल्लाको अवस्था हेरेर यो चुनावमा नेतृत्व परिवर्तन गरेका छन् ।
यसपालिको मत परिणामले जनताले परिवर्तन खोजेको सप्तरीवासीको ठम्याइ छ । काम नगर्ने,जनताको चाहाना नबुझ्ने, जनतालाई दासी ठानेर आफूलाई सर्वोपरि ठान्नेलाई जनताले अब न स्विकार्ने जस्ता आवाजसँगै मत परिणामबाट प्रस्ट भएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिकाका निवर्तमान प्रमुख शैलेशकुमार साह जनमत पार्टीका वीरेन्द्र माझीसँग १ सय ६१ मतान्तरले पराजित भए । साह मधेस प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साह ‘रामबाबु’का छोरा हुन् । हनुमाननगर क्षेत्र र पार्टीमा नवलकिशोरको राजनीतिक वर्चस्वकै कारण गत निर्वाचनमा टिकट पाएर प्रमुखमा निर्वाचित भएका थिए ।
त्यस्तै लोसपा वरिष्ठ नेता तथा राष्ट्रियसभा सदस्य शेखरकुमार सिंहका छोरा सतिशकुमार सिंहको तिलाठी कोइलाडी गाउँपालिका पुनः उम्मेदवारी दिए पनि पराजय भोग्नु पर्यो । शेखर कुमार सिंह राजपा उपाध्यक्ष हुँदा सतिश कुमार सिंह गत चुनावमा टिकट पाएर अध्यक्षमा निर्वाचित भएका थिए । यसपटक उनी कांग्रेसका अरुणकुमार मण्डलसँग १ हजार ४ सय ७८ मतले पराजित भएका छन् ।
यसैगरी पूव सभासद् सदरूल मियाँ हकका छोरा हेमायुँ हकले पनि दोहोर्याएर खडक नगरपालिका प्रमुख बन्न सकेनन् । उनी माओवादी केन्द्रका जयप्रकाश चौधरीसँग ८ सय १५ मतान्तरले पराजित भएका छन् ।
राजविराजका निवर्तमान नगर प्रमुख शम्भुप्रसाद यादव पनि अघिल्लै प्रतिद्वन्द्वी जसपाका भीमराज यादवसँग साढे ३ हजार मतान्तरले पराजित भएका छन् । त्यस्तै राजविराज नगरपालिकाका निवर्तमान उपमेयर साधना झाले पुनः उपप्रमुखको इच्छा राखेर लोसपाबाट उम्मेदवारी दिइन् । उनले पनि नराम्ररी पराजित व्यहोर्नुपर्यो ।
यसैगरी सप्तरीको अग्निसाइर कृष्णा संवरण गाउँपालिकाका निवर्तमान अध्यक्ष परशुराम चौधरी पुनः अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । उनी एमालेका उम्मेदवार दिनानाथ चौधरीसँग पराजित भए ।
निवर्तमान गाउँपालिका अध्यक्ष कांग्रेसका परशुराम चौधरीले ३ हजार ८ सय ८८ मत प्राप्त गरी पराजित भए ।
कांग्रेसका परशुराम चौधरी २०७४ को स्थानीय तहको निर्वाचनमा ३ हजार ३ सय ९५ मत ल्याई अध्यक्षमा निर्वाचित भएका थिए। त्यस्तै निवर्तमान उपाध्यक्ष मिना चौधरीले उपाध्यक्षमा पदमा पराजित भोग्नुपरेको छ ।
सप्तकोसी नगरपालिकाको निवर्तमान नगरप्रमुख उत्तम शर्मा पराजित भएका छन् । उनी नेपाली कांग्रसका कृष्ण ढकालसँग पराजित भएका हुन् । ढकालले ४ हजार ४ सय ६९ मत ल्याए भने एमालेका उत्तम शर्माले २ हजार ९ सय ६७ मत मात्र प्राप्त गरे ।
शर्मा २०७४ को स्थानीय तहको निर्वाचनमा ३ हजार ३९ मत ल्याई प्रमुखमा निर्वाचित भएका थिए । सप्तरीको विष्णपुर गाउँपालिका निवर्तमान अध्यक्ष लिलाम्बर यादव पराजित पनि भएका छन् । जसपाका उमेश यादवले ३ हजार १ सय ६४ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएपछि उनी पराजित भएका हुन्। कांग्रेसबाट उम्मेदवारी दिएका निवर्तमान अध्यक्ष लिलाम्बर यादवले २ हजार ८ सय १९ मत मा सीमित भए ।
सप्तरीको राजगढ गाउँपालिकाका निवर्तमान अध्यक्ष परमानन्द यादवले पनि पराजित भएका छन् । एमालेबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका ओमप्रकाश मण्डल विजयी भएका छन् ।
जिल्लाका १८ स्थानीय तह मध्ये १४ स्थानीय तहमा निवर्तमान प्रमुखले नगरपालिकाका अध्यक्ष र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षका लागि पुनः उम्मेदवारी दिए पनि ११ स्थानीय तहका उम्मेदवार पराजय भइसकेका छन्।सप्तरीका एकमात्र बोदेवर्साइन् नगरपालिकाका निवर्तमान अध्यक्ष आतेश सिंह र हनुमाननगर कंकालिनी नगरपालिकाका उपप्रमुख सरिता यादव पुनः निर्वाचित भएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend