Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा नेकपा एमालेको स्पष्ट बहुमत


    शनिबार, जेष्ठ ७ २०७९
    1.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • अर्घाखाँची । अर्घाखाँचीमा जिल्ला समन्वय समिति गठनका लागि नेकपा एमालेको स्पष्ट बहुमत आएको छ ।

    स्थानीय तह प्रमुख र उपप्रमुखले मतदान गर्ने जिल्ला समन्वय समितिका लागि अर्घाखाँचीबाट ६ प्रमुख र ६ उपप्रमुख छन् । ६ स्थानीय तहहरुको नतिजा सार्वजनिक हुँदा जिल्ला समन्वय समिति निर्माणको लागि नेकपा एमालेको स्पस्ट बहुमत देखिएको हो । एमालेले ६ स्थानीय तहमध्ये  तीन पालिकामा प्रमुख र उपप्रमुख हात पारेको छ भने थप दुई पालिकामा उपप्रमुख जितेको छ ।

    सात  जना मतदाता भए बहुमत पुग्नेमा एमालेले मात्रै ३ प्रमुख र ५ उपप्रमुख जितिसकेको छ । सन्धिखर्क नगरपालिकासहित पाणिनी गाउँपालिका र मालारानी गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको एमालेले शितगंगा र छत्रदेवमा उपप्रमुख जितेको छ ।

    काँग्रेसले १ प्रमुख र १ उपप्रमुख जितेको छ भने जनमोर्चाले एक प्रमुख र माओवादी केन्द्रले एक उपप्रमुख जितेको छ । जिल्ला समन्वय समितिका लागि स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यले उम्मेदवारी दिन पाउछन् । मत भने स्थानीय तह प्रमुख र उपप्रमुखले मात्रै दिन पाउने व्यवस्था छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार