Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गठबन्धनलाई भारी मतले पछि पार्दै कलैया उपमहानगरमा एमाले बिजयी


    शुक्रबार, जेष्ठ ६ २०७९
    3.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • इन्दिप कोइराला 

    बारा । कलैया उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएको छ । गठबन्धनलाई हराएर एमालेका विनोद साह प्रमुख र रौशन प्रविन उपप्रमुखमा विजयी भएका हुन् ।

    उपमहानगरको प्रमुखमा एमालेका उम्मेदवार विनोद साह २४ हजार १३९ मत ल्याएर पाएका छन् । उनले प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेस बाराका सभापति समेत रहेका राजेश राय यादवलाई ५ हजार ५९९ मतको फराकिलो मतान्तरले पराजित गरेका छन् । यादवले १८ हजार ५४० मत प्राप्त गरेका छन् ।

    हाल पराजित यादवको २०७४ को स्थानीय तह निर्वाचनमा साहसँगै प्रतिस्पर्धा भएको थियो । त्यसबेला प्रमुख ,उपप्रमुख दुवैमा काँग्रेसले जितेको थियो । १८६ मतको अग्रतामा काँग्रेसका वर्तमान सभापतिसमेत रहेका यादव निर्वाचित भएका थिए ।

    ०७९मा त्यसको गतिलो मतका साथ यादव उनको पार्टी कांग्रेससाग एमालेका जिल्ला अध्यक्ष समेत रहेका साहले बदला लिएका छन् ।
    यस्तै उपप्रमुखमा एमालेकी उम्मेदवार रौशन परविन विजयी भएकी छन् । परविनले १९ हजार २५१ मत प्राप्त गरेकी छन् ।

    उनले साझा गठबन्धनका जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार प्रमोद गुप्तालाई पराजित गरेकी छन् । संविधानसभा सदस्य समेत रहेका गुप्ताले १८ हजार ३०२ मत पाएका छन् । उनी ९४९ ले पछाडि परेका छन् ।

    परिवन मुस्लिम समुदायकी गृहिणी महिला हुन् भने गुप्ता २०६४ सालका संविधानसभा सदस्य तथा २०७४ का कलैया उपमहानगर प्रमुखका उम्मेदवार हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार