भैरहवा । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार बनेका विनोद कुमार श्रीवास्तव ४ हजार १ सय ३४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल माओवादी केन्द्रका जितेन्द्रनाथ शुक्लले ३ हजार ५ सय २ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै कुमारी प्रियंका शाही सिंह ४ हजार ४ मत ल्याई निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी बिन्द्रावती गुप्ताले ३ हजार ३ सय ४ मत प्राप्त गरिन ।
वडा नम्बर १ मा कांग्रेसकै शिव कुमार यादव ९ सय ५१ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका कमलापति यादवले ५ सय ९९ मत पाए । वडा नम्बर २ मा लोसपाका अजय कुमार गुप्त बनिया ५ सय ६८ मत ल्याई विजयी घोषित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका अबरार अहमद मुसलमानले ४ सय ७० मत पाए । वडा नम्बर ३ मा कांग्रेसका अदहम अली देवान ५ सय ८५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका अंकित कुर्मीले ४ सय ८० मत प्राप्त गरे ।
वडा नम्बर ४ मा नेपाली कांग्रेसका दिवाकर प्रसाद दुबे ८ सय २८ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका सुजित कुमार त्रिपाठीले ३ सय ३९ मत प्राप्त गरे । वडा नम्बर ५ मा माओवादीका श्रवण कुमार यादव ६ सय २७ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका शेरअली मुसलमानले ६ सय १७ मत प्राप्त गरे ।
वडा नम्बर ६ माओवादीकै तौलन केवट ५ सय ७४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पवन कुमार सिंहले ५ सय ५७ मत पाए । वडा नम्बर ७ मा लोसपाका राधेश्याम कुर्मी ६ सय ५९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका श्रीनारायण यादवले ५ सय १४ मत पाए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend