Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महोत्तरीमा २४७४ जना म्यादी प्रहरीलाई बिदाइ


    शुक्रबार, जेष्ठ ६ २०७९
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । महोत्तरीमा आजबाट म्यादी प्रहरीलाई बिदाइ गरिएको छ ।

    स्थानीय तह निर्वाचन २०७९ को सुरक्षाको लागि भर्ना गरिएका २ हजार ४ सय ७४ जनालाई आजबाट बिदाइ गरिएको हो ।

    स्थानीय निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न म्यादी प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले एक कार्यक्रमकाबीच बिदाइ गरे ।

    बिदाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल र प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले प्रशंसापत्रसहित बिदाइ गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार