Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एन्फा छानविन समितिको निष्कर्षः तीनै पक्षको कमजोरी, प्रशिक्षकको विकल्प र व्यवस्थापन हटाउन सुझाव


    शुक्रबार, जेष्ठ ६ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवादको अनुसन्धानका लागि गठित छानबिन समितिले अस्पष्ट, अन्योलपूर्ण र सतही प्रतिवेदन बुझाएको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठकले पूर्व खेलाडी भिक्टोर राणाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

    राणाको नेतृत्वमा गठित समितिमा पूर्व खेलाडी विदुर विष्ट र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)का उपाध्यक्ष दीपक थापा पनि थिए ।

    तीन सदस्यीय समितिले एन्फा सचिवालयमा जेठ ४ गते पेस गरेको प्रतिवेदनमा दुवै पक्षको दोष देखाइएको छ भने स्पष्टरूपमा गल्तीबारे यकिन गरिएको छैन ।

    खेलाडी र प्रशिक्षक, व्यवस्थापन सबै पक्षको दोष देखाइएको सन्तुलित प्रतिवेदनले सबै पक्षलाई सचेत गराउने मात्र भनिएको छ ।

    यस्तै प्रशिक्षकको विकल्प र एएफसी कप छनोट पछि व्यवस्थापकलाई हटाउन सिफारिस गरेको छ ।

    प्रशिक्षक अब्दुल्लाहले आज नै विद्रोह गरेका १० खेलाडी सहित कप्तान क्रण कुमार लिम्बूलाई बाहिर राख्दै टिम घोषणा गरेका छन् । जसमा चार खेलाडीले मौका पाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार