Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धरान उपमहानगरमा लौरोलाई पछ्याउँदै दुई ठूला राजनीतिक दल


    शुक्रबार, जेष्ठ ६ २०७९
    735
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुनसरी । धरान उपमहानगरमा ६२ हजार मत मध्ये हालसम्म ४० हजार ७९७ मतगणना भइसकेको छ । जसमा अहिले पनि लौरो चुनाव चिह्न दिएर स्वतन्त्र उम्मेदवार बनेका हर्क साङपाङ अग्र स्थानमा छन् । 

    उनले यो समाचार तयार गर्दासम्म १२ हजार ५३४ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका पाँच दलीय गठबन्धनका उम्मेदवार किशोर राईले ११ हजार ८१ मत पाएका छन् ।

    त्यस्तै एमालेकी मञ्जु भण्डारीको भने ९ हजार ११ मत रहेको छ ।  गठबन्धन भन्दा साङपाङ १ हजार ४५३ मतले अगाडी छन् । त्यस्तै नेकपा एमाले भन्दा स्वतन्त्र उम्मेदवार ३ हजार ५२४ मतले अगाडी छन् । 

    हाल सम्म वडा नम्बर १,२,३,४,५,६,७,८,९,१०,१२,१४,१८ र १९  मत परिणाम घोषणा भइसकेको छ । ११,१३ र १५ न। वडाको मतगणना भइरहेको छ । 

    त्यस्तै १६ र १७ नम्बर वडाको मतगणना हुन बाँकी छ । २० नम्बर वडाको भने मतगणनामा विवादपछि मतगणना नतिजा घोषणा गर्न बाकी रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार