सर्लाही । कविलासी नगरपालिकामा कांग्रेसका उम्मेदवार भारी मतान्तरले विजयी भएका छन् । कविलासी नगरपालिकाको अन्तिम मत परिणामअनुसार कांग्रेसका उम्मेदवार ब्रम्हदेव राय निकटतम प्रतिस्पर्धी जनता समाजवादीका राम नरेश रायलाई १७८१ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । ब्रम्हदेवले कुल ६४४४ प्राप्त गरे । निकटतम रहेका जसपाका राम नरेशले ४६६३ मत मात्र प्राप्त गरे ।
नगरको उपमेयर पदमा समेत कांग्रेसकी उम्मेदवार पुनम कर्ण विजयी भएकी छन् । कर्णले निकटतम प्रतिस्पर्धी जनता समाजवादीकी उम्मेदवार एवं निवर्तमान उपमेयर राधा देवीलाई १९९१ मत अन्तरले पराजित गरेकी हुन् । कर्णले कुल ६९०७ मत प्राप्त गरिन् । उनकाे निकटतम प्रतिस्पर्धी देवीले ४९१६ मतमात्र पाइन् ।
पालिकाका निवर्तमान मेयर कौशलकिशोर राय ३५१८ मतसहित तेस्रो स्थानमा पुगेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट विजयी भएका यादवले एमालेबाट उम्मेदवारी दिएका थिए । निर्वाचनको मुखमा आएर पार्टी बदलेका उनलाई पनि जनताले नरुचाएका स्थानीयको भनाइ छ ।
कविलासी नगरपालिकाको वडाध्यक्षतर्फ १ नम्बरमा कांग्रेसका दिपलाल राय यादव, २ मा एकीकृत समाजवादीका रामपुकार मण्डल, ३ मा एमालेका रामविश्वास राय, ४ मा जसपाका गिरधारी राय, ५ मा कांग्रेसका सुरेन्द्र राय, ६ मा कांग्रेसका पुरुषोतम राय, ७ मा कांग्रेसका धरवेन्द्र राय यादव, ७ मा कांग्रेसका वीरेन्द्रप्रसाद साह, ९ मा कांग्रेसका रामदिनेश राय र १० मा कांग्रेसका विनोदकुमार महतो विजयी भएका हुन् ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend