Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले अध्यक्ष ओली गृह जिल्ला  झापाको बुद्धशान्ति गाउँपालिकामा कांग्रेस विजयी


    शुक्रबार, जेष्ठ ६ २०७९
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  एमाले अध्यक्ष ओलीको गृह जिल्ला झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मनोज प्रसाई विजयी भएका छन्।

    प्रसाई ३ हजार १०१ मतान्तरले नेकपा एमालेका मीरा भुर्तेललाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन्। प्रसाईले ११ हजार ४०३ मत प्राप्त गर्दा भुर्तेलले ८ हजार ३०२ मत प्राप्त गरिन्।

    उपाध्यक्षमा एमालेका भवानी प्रसाद खतिवडा निर्वाचित भएका छन्। खतिवडाले माओवादी केन्द्रका खड्गप्रसाद तिम्सिनालाई २ हजार ८५८ मतान्तरले पराजित गर्दै गाउँपालिका उपाध्यक्षमा विजयी भएका हुन्। खतिवडाले ८ हजार ७४ मत ल्याउँदा तिम्सिनाले ५ हजार २१६ मत पाएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार